Logo

माधव नेपालको जिन्दगी छटपटीमै बित्छ : ओली



काठमाडौं, २० साउन । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले लोकतन्त्रविरोधी काम गरेको आरोप लगाएका छन् । उनले अहिलेकै जसरी शासन सत्ता चल्ने हो भने अबको ५ वर्षभित्र लोकतन्त्र समाप्त हुने पनि टिप्पणी गरे ।

आज (शुक्रबार) एमाले प्रदेश कमिटीले आयोजना गरेको कार्यक्रममा बोल्दै ओलीले यस्तो बताएका हुन् । उनले आफूहरु पार्टीले जित्नेभन्दापनि देशले जित्ने कुरामा गम्भीर रहेको सुनाए । उनले भने,‘पाँच वर्ष यसैगरी चल्ने हो भने नेपालमा लोकतन्त्र ध्वस्त हुन्छ, लोकतन्त्र भन्ने चिज नै रहँदैन।’

ओलीले अहिलेको पाँचदलीय गठबन्धनका नेताहरूसँग कुनै गन्तव्य नभएको टिप्पणी गरेका छन् । सबैको व्यक्तिगत स्वार्थ मात्र रहेको भन्दै उनले शीर्ष नेताहरूप्रति कटाक्ष गरेका हुन् ।

उनले शीर्ष नेताहरुको नाम लिएर उनीहरुको बारेमा पनि कडा टिप्पणी गरेका छन् । उनले भने,‘अहिलेका नेताको कुनै गन्तव्य छैन । मोहनविक्रम सिंहको गन्तव्य प्युठान । शेरबहादुरको गन्तव्य म्याडम साहेव । प्रचण्डको गन्तव्य सुपुत्री । माधव नेपालको त के कुरा गरौं । उनको जिन्दगी छटपटीमै बित्छ । करबते बदल्ते रहे सारे रात हम जस्तो छ । गन्तव्य केही पनि छैन।’ तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपा डटकम

 



प्रतिक्रिया दिनुहोस्