Logo

यी हुन् मन्त्रिपरिषद बैठकले गरेका १३ निर्णय



काठमाडौं, २० साउन । सरकारले नेपाल लेखा परीक्षण सेवाको राजपत्रांकित प्रथम श्रेणीका सहसचिव विन्दु विष्टलाई राजपत्रांकित विशिष्ट श्रेणीको पदमा बढुवा गरी महालेखा परीक्षकको कार्यालयको उपमहालेखा परीक्षकमा पदस्थापना गर्ने निर्णय गरेको छ ।

साउन १९ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सुनाउँदै शुक्रबार सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले निजामति सेवाका राजपत्रांकित विशिष्ट श्रेणीका यादवप्रसाद कोइरालासमेत ६ जना अधिकृतहरु सरुवा गर्ने निर्णय बैठकले गरेको बताए ।

त्यसैगरी, सरकारले शहरी विद्युत् प्रशारण तथा वितरण प्रणाली सुदृढ परियोजना कार्यान्वयनका लागि जापान सरकारबाट जापानी येन १५ अर्ब ९० करोड १० लाख करिव १४ अर्ब ६९ करोड रुपैयाँ सहुलियतपूर्ण ऋण सहायता प्राप्त गर्न वार्ता टोलीसमेत गठन गरेको छ ।

 



प्रतिक्रिया दिनुहोस्