Logo

आज ९१२ कोरोना संक्रमित थपिए, १ जनाको मृत्यु



काठमाडौं, २० साउन । पछिल्लो २४ घण्टामा ९१२ जना कोरोना संक्रमित थपिएका छन् ।

६४ सय ९१ जनामा गरिएको परीक्षणमा ९१२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १ जनाको निधन भएको छ ।

त्यस्तै, ३७० जना निको भएका छन् भने अहिले देशभरि ५ हजार ७ सय ६० जना सक्रिय संक्रमित रहेका छन् ।



प्रतिक्रिया दिनुहोस्