Logo

जसपामा बाबुरामको ठाउँ अशोक राईले लिदै नम्बर एक



काठमाडौं, २० साउन । जनता समाजवादी पार्टीमा अशोक राईले फड्को मारेका छन् । यसअघि वरियतामा तल रहेका उनले छलाङ मार्दै अध्यक्ष उपेन्द्र यादवलाई उछिनेका छन् ।

जसपाको संघीय परिषदको अध्यक्ष बनाइएका राईलाई वरियतामा नम्बर एकमा राखिएको छ । केन्द्रीय कार्यकारिणी पुनः गठनमा राई नम्बर एकमा राखिएका हुन् । विगतमा संघीय समाजवादी पार्टी हुँदा बाबुराम संघीय परिषदको अध्यक्ष बनेर एक नम्बरमा थिए । बाबुराम जसपा छाडेपछि अशोक राई उनको ठाउँमा पुग्न सकेका छन् ।

विगतमा बाबुरामलाई साथ दिएका अशोक राईले अन्तिम समयमा साथ छाडे । त्यसवापत् उनीनिकट राजेन्द्र श्रेष्ठ मन्त्रीमै रहन सफल भए । राई पनि जसपाको नम्बर एक नेता बन्न सके ।-File Photo



प्रतिक्रिया दिनुहोस्