Logo

गायिका मेलिना राईले तोडिन् इंगेजमेन्ट, कारण यस्तो छ



काठमाडौं, २० साउन । लोकप्रिय गायिका मेलिना राईले प्रेमी सञ्जिव बराईलीसँग यसअघि गरेको इंगेजमेन्ट तोडेको घोषणा गरेकी छिन् । सामाजिक सञ्जालमार्फत उनले आज (शुक्रबार) यस्तो जानकारी गराएकी हुन् ।

उनले आफू र प्रेमी बराईलीबीच वैचारिक स्पष्ट मतभेद देखिन थालेको र विचारमा मेल नखाएको खुलाएकी छिन् । उनले कमजोर साधन चढेर बलियो साध्य चुम्न धेरै कठिन हुने पनि आफूहरुले निश्कर्ष निकालेको सुनाएकी छिन् ।

इंगेजमेन्ट तोडिएकोबारे उनले फेशबुकमा लेखेकी छिन्-

बिषय – Engagement तोडिएको जानकारी ! केही समय अगाडी मैले आफ्नो Engagement गरेको कुरा यसै सामाजिक संजाल मार्फत घोषणा गरेको थिएँ । त्यो मेरो जीवनको एउटा गम्भीर निर्णय थियो । एउटा परिस्थितिमा हामी दुईबिच भबिष्यमा संगै जीवन बिताउने सोच सहित त्यो निर्णय गरिएको थियो । समय छोटै भएपनि जिन्दगीको बारेमा लामो बिमर्श भयो । हामी बिच बैचारिक पक्षमा स्पष्ट मतभेत देखिन थाल्यो अर्थात हाम्रो बिचारमा मेल खान सकेन । धेरै समिक्षा आत्मा समिक्षा पछि कमजोर साधन चढेर बलियो साध्य चुम्न धेरै कठिन हुन्छ भन्ने निष्कर्षमा पुगियो ।

फेरि सबै engagement हरु बिबाहमा परिणत हुनै पर्छ भन्ने बाध्यकारी कुरा पनि नहुने रहेछ । त्यसैले आजकै मितिबाट हामी बिचको engagement तोडिएको कुरा म फेरि यहि सामाजिक संजालमार्फत सार्बजानिक गर्दछु । यो बीचमा सम्पूर्ण शुभचिन्तकहरुमा पर्न गएको भावनात्मक असरप्रति क्षमाप्राथी छु, साथै भबिष्यमा अझ मेहनत गरेर सांगीतिक क्षेत्रबाटै देशको सेवा गरिरहने प्रतिबद्धता पनि व्यक्त गर्दछु ।



प्रतिक्रिया दिनुहोस्