Logo

‘टिकट वितरणदेखि उम्मेदवारलाई बिजयी गराउनेसम्मको रोडम्याप अहिलेदेखिनै बनाउनुपर्छ’ : पौडेल



चितवन, २१ साउन । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य प्रदिप पौडेलले आगामी निर्वाचनमा काङ्ग्रेसका उम्मेदवारहरुलाई कसरी बलियो बनाउने भन्ने बिषयमा सोच्ने समय आएको बताए । उनले भने,“टिकट बितरणदेखि उम्मेदवारलाई बिजयी गराउने सम्मको रोडम्याप अहिले देखिनै बनाउनु पर्छ ।” देशलाई स्थिर सरकार दिनका लागि पनि पदाधिकारीहरु जिम्मेवार भएर प्रस्तुत हुनु पर्ने उनको भनाई थियो ।

फरक प्रसंगमा बोल्दै पौडेलले कांग्रेसका भातृ संस्थाहरुले साउन महिनाभित्रै पूर्णता पाउने बताए । तत्काल आम निर्वाचनको मिति तोकिएकाले सबै निर्वाचन केन्द्रित हुने भन्दै उनले निर्वाचन पछि भातृ संस्थाहरुको अधिबेशन हुने बताए । उनले भने,“भातृ संस्थाहरुले पूर्णता पाउँछ । अनि निर्वाचनमा जान्छन् । भातृ संस्थाको अधिबेशन निर्वाचन पछि मात्रै होला ।” file photo



प्रतिक्रिया दिनुहोस्