Logo

मनास्लु कलेजले गर्‍यो एसईई ‘टपर’ सय जना विद्यार्थीलाई सम्मान



काठमाडौं, साउन २१। मनास्लु वर्ल्ड कलेजले एसईई टप गर्ने सय जना विद्यार्थीलाई सम्मान गरेको छ। कलेजले बिहिबार सयभन्दा बढी विद्यालयका उत्कृष्ट विद्यार्थीहरुलाई मायाको चिनो प्रदान दिँदै सम्मान गरेको हो।

एसईईमा उच्च अंक ल्याएर पास गर्ने विद्यार्थीहरुलाई बधाई दिँदै कलेजको यात्राका लागि शुभकामना समेत दिइएको थियो।

गेन्द्र लामाको अध्यक्षतामा भएको कार्यक्रममा प्राध्यापक राजन श्रेष्ठलगायत मिनकुमार मोक्तान, एसके लामिछाने, दिनेश अधिकारी, कृष्ण आले, सन्तोष लामिछाने, कृष्ण पुडासैनीको सहभागिता रहेको थियो।

उक्त कार्यक्रममा मनास्लुका साइन्स, म्यानेजमेन्ट र हुम्यानिटिज फ्याकेल्टिका शिक्षकहरुले विद्यार्थीहरुलाई मनास्लु वर्ल्ड कलेजमा पढ्न आग्रह गरेका थिए।



प्रतिक्रिया दिनुहोस्