Logo

पूर्व न्यायाधीश केसीको अपिल : बुढा नेतालाई हराउनुपर्छ, युवा पुस्तालाई नेतृत्वमा ल्याउनुपर्छ (भिडिओसहित)



काठमाडौं, २१ साउन । सर्वोच्च अदालतका पूर्व न्यायाधीश बलराम केसीले संसद्को निर्वाचनको मिति घोषणा गरेपनि संसद् विघटन गर्न नपर्ने बताएका छन् । हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले अहिलेको सरकार कामचलाउ भएको सुनाए ।

उनले भने,‘अहिले निर्वाचनको मिति घोषणा भयो, त्यो राम्रो भयो । सफलतापूर्वक इलेक्शन सम्पन्न हुनुपर्छ । तपाईँको मिडियाबाट के पनि भनौं भने, हामी अब यी काम नलाग्ने नेता नछानौं ।’ उनले अब युवा पुस्तालाई नेतृत्वमा ल्याउनुपर्नेमा जोड दिए । उनले भने,‘अब सबै नयाँ ल्याऔं ।’

उनले सफलतापूर्वक निर्वाचन हुने अवस्था भएपछि संसद् विघटनको लागि अधिकार मन्त्रिपरिषद्लाई छोडिदिनुपर्नेमा जोड दिए । उनले भने,‘अहिले विद्येयक लिएर नजाने, कुनैपनि संसदीय सुनुवाई नगर्ने, अहिले किन विघटन गर्नुपर्यो ?’



प्रतिक्रिया दिनुहोस्