Logo

प्रचण्ड र माधव नेपाल ‘बन्चरोको बिँड’ बनेको ओलीको टिप्पणी



काठमाडौं, २१ साउन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वामपन्थीलाई नै प्रयोग गरेर वामपन्थी सिध्याउने खेल भएको टिप्पणी गरेका छन् । उनले एमालेरुपी रुख ढाल्न काँग्रेसरुपी बन्चरोमा प्रचण्ड र माधव नेपालले बींडको भूमिका निभाइरहेको टिप्पणी गरेका हुन् ।

‘यीनै बिँड हुन् जस्ले कम्युनिस्ट पार्टी फुटाएर, अदालत गएर, कम्युनिस्ट सरकार ढालीपाउँ, दक्षिणपन्थी सरकार ढालीपाउ त्यसको लागि परमादेश जारी गरीपाऊँ भन्ने यीनै बीँड हुन् ,’ प्रचण्ड र माधव नेपालतर्फ संकेत गर्दै ओलीले आज राजधानीमा आयोजित कार्यकर्ता प्रशिक्षण कार्यक्रममा भने । उनले माओवादी र नेकपा एसका कार्यकर्तालाई सम्झाएर फकाएर फर्काउनुपर्ने बताए ।

ओलीले बन्चरो र रुखको प्रसंग औल्याउँदै रुखबाटै बनेको बीँडको भरबाट बन्चरोले उक्त रुख काट्ने बताए ।

काँग्रेसको कडा आलोचना गरेका ओलीले आफूहरुमाथि विगतमा दमन भएको बताए । काँग्रेसमाथि पञ्चायतले दमन गरेको र काँग्रेसको शासनमा उसले दमन सुरु गरेको आरोप लगाए ।



प्रतिक्रिया दिनुहोस्