Logo

काठमाडौंबाट चुनाव लड्ने डा. सुरेन्द्र केसीको घोषणा (भिडिओसहित)



काठमाडौं, २१ साउन । राजनीतिक विश्लेषक डा. सुरेन्द्र केसीले राजनीतिमा रवि लामिछानेको स्ट्रेन्थ (strength) नै नपुगेको टिप्पणी गरेका छन् । उनले राजनीतिमा लाग्दा कि एक्स्टाअर्डिनर्ली ब्रिलियन्ट हुनुपर्ने गुणको चर्चा गर्दै कि भारतको आम आदमी पार्टीका केजरीवालजस्तो हुनपर्ने बताए ।

उनले यसपटकको संसद्को निर्वाचनमा आफूले काठमाडौंबाट उम्मेद्धवारी दिने घोषणा पनि गरे । उनले उम्मेद्धवारी भने स्वतन्त्रबाट नै दिने बताए । यद्धपी उनले आफूलाई अहिलेकै भूमिका मनपर्ने बताए ।

आज राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले आफू काठमाडौं क्षेत्र नम्बर १ बाट उठ्ने सम्भावना सुनाए । उनले अहिले ठूला नेता हराउने अभियान चलाईएकोप्रति गुनासो पोखे । उनले लोकतन्त्रमा बदला र तुषको भावना राम्रो नहुने बताए ।



प्रतिक्रिया दिनुहोस्