Logo

टोटेन्हामको सहज जीत



एजेन्सी । इंग्लिस प्रिमियर लिगमा टोटेन्हामले सहज जीत निकालेको हो । शनिबार राति भएको आफ्नो पहिलो खेलमा साउथाम्प्टनलाई ४-१ गोलले पराजित गर्दै टोटेन्हामले लिगमा सुखद शुरुवात गरेको हो ।

टोटेन्हाम हट्स्पर रंगशालामा भएको खेलमा टोटेन्हामलाई जीत दिलाउन रायन सेस्सेग्नोन, एरिक डायर र डेजान कुलुसेव्सकीले समान एक/एक गोल गर्दा एक गोल उपहार पाएको हो ।

साउथाम्प्टनको लागि जेम्स वार्ड प्रोव्सेले एक गोल गरे । खेलमा लिएको शुरुवाती अग्रता जोगाउन नसक्दा साउथाम्प्टन बराबरीमा रोकिन बाध्य भयो । खेलको १२ औं मिनेटमै प्रोव्सेले गोल गर्दै साउथाम्प्टनलाई शुरुवाती अग्रता दिलाएका थिए ।

२१ औ मिनेटमा कुलुसेव्सकीको क्रसमा सेस्सेग्नोनले गोल गर्दै टोटेन्हामलाई १-१ गोलको बराबरीमा ल्याए । ३१ औं मिनेटमा सनको क्रसमा डायरले गोल गर्दै टोटेन्हामलाई २-१ गोलको अग्रता दिलाए ।

६१ औ मिनेटमा सलिसुले आफ्नै पोस्टमा आत्मघाती गोल गरेपछि टोटेन्हामले खेलमा अग्रता दोब्बर बनाएको थियो । लगत्तै इमर्सनको पासमा कुलुसेव्सकीले गोल गर्दै घरेलु टोलीलाई सहज जीततर्फ अगाडि बढाए ।

बाँकी समयमा दुवै टोलीबाट थप गोल हुन नसक्दा टोटेन्हाम ४-१ गोलले विजयी भयो । जीतसँगै टोटेन्हामले ३ अंक जोडेको छ ।



प्रतिक्रिया दिनुहोस्