Logo

मेस्सी चम्किदा पीएसजीको सुखद सुरुआत



काठमाडौं, साउन २२ । पेरिस सेन्ट जर्मन (पीएसजी) ले फ्रेन्च लिग वान फुटबलमा विजयी सुरुआत गरेका छन् । शनिबार राति सुरु भएको नयाँ सिजनको पहिलो खेलमा क्लेरमन्ट फुटलाई ५–० गोल अन्तरले हराउँदै पीएसजीले सुखद सुरुआत गरेको हो ।

पीएसजीको जितमा लियोनल मेस्सीले दुई गोल गरेका छन् । यस्तै नेयमार, अचरफ हाकिमी र कप्तान मार्किन्हसले एक एक गोल गरे ।

खेलको नवौं मिनेटमा नेयमारले गोल गर्दै पीएसजीलाई सुरुआती अग्रता दिलाएका थिए । जितसँगै पीएसजीले सिजनको पहिलो खेलमा महत्वपूर्ण ३ अंक जोडेको छ ।



प्रतिक्रिया दिनुहोस्