Logo

प्रिमियर लिगमा आज तीन खेल



काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा आज आइतबार तीन खेलहरु हुँदैछन् । साविक विजेता म्यानचेस्टर सिटीसहित म्यानचेस्टर युनाईटेड र लेस्टर सिटीको खेल आइतबार रहेको छ ।

सिटीले सिजनको आफ्नो पहिलो खेलमा वेस्ट ह्याम युनाईटेडसँग खेल्नेछ। सिटीको उसैको मैदानमा वेस्ट ह्यामको सामना गर्नेछ ।

सिटी र वेस्ट ह्यामबीचको खेल राति ९:१५ बजे सुरु हुनेछ । आज दुबै टोली जित निकाल्दै सिजनको सुखद सुरुआत गर्ने योजनामा रहेको छ ।

यस्तै युनाईटेडले ब्राइटनसँग खेल्नेछ । ओल्ड ट्राफोर्डममा हुने खेल साँझ ६:४५ बजे सुरु हुनेछ । त्यस्तै अर्को खेलमा लेस्टरले ब्रेन्टफोर्डको सामना गर्नेछ । दुई टोलीबीचको खेल साँझ ६:४५ बजे सुरु हुनेछ ।



प्रतिक्रिया दिनुहोस्