Logo

दमन रुपाखेती ऋषि धमलासँग भावुक बने, मेरी बास्सैबाट राजनीति गरेर हटाईएको गुनासो (भिडिओसहित)



काठमाडौं, २२ साउन । चर्चित हाँस्यकलाकार दमन रुपाखेतीले आफू राजनीति नजान्ने व्यक्ति रहेको बताए । उनले आफू राजनीति नजान्ने सोझो व्यक्ति रहेको बताए । हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले मान्छेको जीवनमा पीडा भन्ने कुरा आईरहने पनि बताए । उनले भने,‘मान्छेको चोला हो, जन्मदेखि नमरुञ्जेलसम्म पीडा हुनु स्वभाविक हो । मान्छे भएपछि पीडा हुँदो रहेछ । पीडाले नै नयाँ बाटो देखाउँछ । समस्या आएन भने सुल्झाउनतिर मान्छे लाग्दैन् ।

पत्रकार धमलाले रुपाखेतीले मेरी बास्सै किन छोडेको विषयमा प्रश्न सोधेका थिए । त्यसको जवाफमा उनले यस्तो जवाफ दिए । उनले भने,‘मैले यसमा के भन्ने ? मैले उहाँहरुलाई चिनेको, तर उहाँहरुले मलाई नचिनेको जस्तो लाग्छ मलाई । मैले मेरो बुवा ,आमालाई चिनेको छु समाजलाई चिनेको छु । तर समाजले कहीलेकाही मलाइ नचिन्न पनि सक्छ ।’ कुराकानीकै क्रममा पत्रकार धमलाले अनि तपाईंलाइ समाजले नचिनेपनि हाँस्यकलाकारले किन छोडे त ? भनेर अर्को प्रश्न तेर्साए ।

उनले अघि थपे–‘उनीहरुलाई म ठिक नलागेको पनि हुन सक्छ । म जनमानसमा प्रिय छु , मलाइ माया गर्नुहुन्छ । हजुरले सोध्नुभएको प्रश्न मैले बुझें, तीन/चार हप्ता भयो अहिले म मेरी बास्सैबाट अलगिएको छु, हटाउने बातावरण र्सिजना पारियो नि । एउटा कुरा म खुलस्त भनिदिन्छु–म राजनिती नजान्ने मान्छे । मैले सबैलाई विश्वास गरें । भित्रभित्रबाट त्यहाँ ठूलो राजनीति भएछ ।’



प्रतिक्रिया दिनुहोस्