Logo

गभर्नर अधिकारीविरुद्ध सडकमा उत्रियो नेविसंघ, २१ जना पक्राउ



काठमाडौैं, २२ साउन । गभर्नर महाप्रसाद अधिकारीविरुद्ध प्रमुख सत्तारुढ दल नेपाली कांग्रेस निकट भातृ संगठन नेपाल विद्यार्थी संघले राष्ट्र बैंक अगाडी प्रदर्शन गरेको छ ।

आज विहान अधिकारीको राजीनामा माग गर्दै प्रदर्शनमा उत्रिएका विद्यार्थीलाई प्रहरीले पक्राउ गरेको हो । प्रदर्शनमा उत्रिएका २१ जना पक्राउ गरी प्रहरी वृत मालिगाँउमा राखिएको जनाइएको छ।

नेकपा एमालेको आर्थिक विभागमा एम अधिकारीको नाम समावेश गरिएको भन्दै सत्ता गठबन्धनले विरोध गर्दै आएको छ । एमाले र गभर्नर अधिकारीले भने एम अधिकारी महाप्रसाद अधिकारी नभएको प्रष्टिकरण दिइसकेका छन् ।

नेपाल रास्ट्र बैंकका गभर्नर अधिकारीको राजीनामा माग गर्दै प्रदर्शन गर्दा पक्राउ पर्नेमा एनपी जोशी, श्याम राज ओझा, बिकल राई, बिनोद राज जोशी, सेरेन जोशी, राजेन्द्र रोकाया, दिनेश भट्ट, गेहेन्द्र घर्तिमगर, उपासना अधिकारी, सिर्जना स्नेही, धर्मराज खनाल, एनपी जोशी लाइट, रिजन नरसिंह केसि, रन्जन यादव,देबराज योन्जन, सन्जित खडका, हृदयेन्द्र जङ्ग शाही, दिनेश कार्की, विवेक पाण्डे,विष्णु पाण्डे, पदम अधिकारी रहेका छन् । नेविसंघले पक्राउ परेका विद्यार्थीहरुको यथाशीघ्र रिहाईको जोडदार माग गरेको छ ।



प्रतिक्रिया दिनुहोस्