पुर्वमन्त्री गोविन्दराज जोशीद्धारा तनहुँ क्षेत्र १ बाट चुनाव लड्ने घोषणा


काठमाडौं, २२ साउन । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसको पुर्व गृहमन्त्री तथा सहमहामन्त्री गोविन्दराज जोशी आगामी मंसिर ४ गते हुने संघीय चुनावमा उम्मेदवारी दिने भएका छन् ।

जोशीले दमौलीमा आयोजित कांग्रेस स्वतन्त्र अभियानको जिल्ला स्तरीय भेलालाई सम्बोधन गर्दै ‘कांग्रेस स्वतन्त्र अभियान’ मार्फत तनहुँ क्षेत्र नम्बर १ बाट चुनाव लड्ने घोषणा गरेका छन् । तनहुँमा विकास अवरुद्ध भएको र जनतालाई ढाट्ने काम भएको आफु चुनाव लड्न लागेको बताए ।

उनले भने,‘स्वार्थी,अहमवादी तत्वको पराजयको लागि आउने चुनावमा मेरो उम्मेदवारी आवश्यक छ ।’ जनताले आफुलाई मत दिनेमा आशावादी रहेको उनको भनाई थियो ।