Logo

बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादीले गठबन्धन नछाड्ने



काठमाडौं, २२ साउन । पुर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीले सत्ता नछाड्ने भएको छ ।

आज बसेको पार्टीको केन्द्रीय समितिको पहिलो बैठकले आउने चुनावसम्म गठबन्धनमै रहने निर्णय गरेको हो ।

अहिलेको गठबन्धन निर्माणमा आफुहरुको निर्णायक भुमिका रहेको पार्टीको ठहर छ । भट्टराईको पार्टीसँगै गठबन्धनमा छ दल पुग्ने भएको छ ।

यसअघि नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जसपा, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाबीच गठबन्धन गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्