Logo

बाजुरामको नयाँ कृति बजारमा



काठमाडौं, २२ साउन । कवि, आख्यानकार तथा निबन्धकार बाजुराम पौडेलको नयाँ कृति लुसाको फेरो सार्वजनिक भएको छ । पौडेलको यस कृतिको विमोचन कार्यक्रमका अतिथि एवं पूर्व सहायक मन्त्री दीनबन्धु अर्याल, कार्यक्रमका अध्यक्ष पूर्व प्रशासक तथा स्रष्टा नरेन्द्रराज पौडेल, स्रष्टाहरू गंगा कर्माचार्य पौडेल, कणाद महर्षि, विजय चालिसे र युवराज मैनालीले शनिवार राजधानीमा गरेका हुन् ।

सुरभि साहित्य प्रतिष्ठानको १४औं वार्षिक साधारणसभाबाट २१ गते शनिवार पुनः अध्यक्ष पदमा निर्वाचित पौडेलको यो १३औं कृति हो । सो विमोचन कार्यक्रम साधारणसभाको समाप्तिपछि दोस्रो चरणमा भएको थियो । उनको सो कृतिमाथि समीक्षक युवराज मैनालीले आफ्ना धारणा प्रस्तुत गरेका थिए । कार्यक्रममा हरिभक्त सिग्देल तथा राममणि पोखरेललगायतले आआफ्ना मन्तव्य प्रकट गरेका थिए ।

नियमित आख्यान वाचन कार्यक्रमको १३९औं श्रृंखलाअन्तर्गत प्रत्येक महिनाको तेस्रो शनिवार स्रष्टाहरू जम्मा भई आफ्ना रचना वाचन गरी सुनाउने कार्यक्रम पनि त्यसै दिन परेको थियो । सो रचनावाचनमा गंगा कर्माचार्य पौडेल, पवित्रा अधिकारी, सुशील आचार्य, लक्ष्मण खतिवडालगायतले आ÷आफ्ना रचना पढेर सुनाएका थिए ।



प्रतिक्रिया दिनुहोस्