Logo

सरकारमा जाने देखि गठबन्धनमा सामेल हुनेबारे निर्णायक छलफल गर्न लोसपा नेताहरु बालुवाटारमा



काठमाडौं, २२ साउन । लोकतान्त्रिक समाजवादी पार्टीका नेताहरु बालुवाटार पुगेका छन् । उनीहरु लोसपा सरकारमा सामेल हुने देखि चुनावी गठबन्धनमा सामेल हुनेबारे निर्णायक छलफल गर्न बालुवाटार पुगेका हुन् ।

लोसपा अध्यक्ष महन्थ ठाकुर नेतृत्वमा शिर्ष नेताहरु प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गर्न बालुवाटार पुगेका हुन् । यसअघि लोसपाले संसदीय दलको बैठक राखेर चुनावी तालमेलका लागि छलफल गर्ने अधिकार अध्यक्ष ठाकुरलाई दिने निर्णय गरेको थियो ।

लोसपा चुनावी तालमेलमा सत्ता गठबन्धन या नेकपा एमालेमध्ये कोसँग मिल्ने हो भन्ने चासो रहँदा महत्वपूर्ण भेट हुनुलाई अर्थपूर्ण मानिएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot