Logo

नेपाल मेडिसिटी वयोधा अस्पतालमा अब ‘हेल्थी बेबी क्लिनिक र प्रिनटल क्लास’ सञ्चालन हुने



काठमाडौं, २२ साउन । वीरगञ्जमा रहेको नेपाल मेडिसिटी वयोधा अस्पतालले शिशु स्तनपान सप्ताहको अवसरमा आज विभिन्न विद्यालयका शिक्षिकाहरुसँग अन्तरक्रिया आयोजना गरेको छ । हरेक वर्ष अगष्ट १ देखि ७ सम्म विश्व स्तनपान दिवस मनाई जनचेतना अभिवृद्धि गर्ने कार्यलाई नेपाल मेडिसिटी वयोधा अस्पतालले पनि निरन्तरता दिएको छ । सो अवसरमा अस्पतालले वीरगञ्जमै रहेको द्यिली पब्लिक स्कुल, डिएभी स्कुललगायत अस्पतालमा कार्यक्रमको आयोजना गरेको थियो । सो कार्यक्रममा उपचारार्थ महिलाहरुलाई समेत कार्यक्रममा सहभागी गराईएको जनाईएको छ ।

अस्पतालका बाल रोग विशेषज्ञ डा. आनन्द रौनियारले स्तनपानको फाईदा, आवश्यकत्ता, आमा र बच्चाको स्वास्थ्यमा स्तनपानको महत्वको बारेमा बताएका थिए । त्यसैगरि अस्पतालको एसिस्टेन्ट नर्सिङ सुपरिटेन्डेन्ट सविना रेग्मीले स्तनपानको सही तरिका, स्तनपान गर्दा ध्यान दिनुपर्ने कुराहरुको बारेमा सिकाएकी थिईन् ।

कार्यक्रममा नेपाल मेडिसिटी वयोधा अस्पतालका प्रमुख विजय रिमालले अस्पतालले अव महिला गर्भवती भएपछि आवश्यक पर्ने प्रिनटल क्लास तथा हेल्दी बेबी क्लिनिकको शुरुवात गर्न लागेको बताए । यसबाट गर्भवती महिलाहरुको खानपान, दैनिक व्यायाम, जीवनशैली, स्वास्थ्यमा दिनुपर्ने ध्यान, बच्चा डेलिभरी हुँदा अपनाउनुपर्ने कार्यहरु तथा बच्चा भैसकेपछि बच्चाको हेरचाहको बारेमा पूर्ण रुपमा जानकारी हुनेसमेत उनले बताएका थिए ।

कार्यक्रममा अस्पतालका वरिष्ठ फिजिसियन डा. अभिषेक सिंह, स्त्री तथा प्रसुति रोग विशेषज्ञ डा. रुविना ताम्रकार, अस्पतालकी क्लिनिकल कोअर्डिनेटर डा. स्वेता झाको उपस्थिति रहेको अस्पतालले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्