Logo

रामपुर क्याम्पसमा शान्तिपुर्ण रिले अनसन बसेका विद्यार्थीमाथि आक्रमण



काठमाडौं, २२ साउन । नेपाल विद्यार्थी संघ रामपुर क्याम्पसद्वारा क्याम्पस प्रमुख मिलन सुवेदी विरुद्ध शान्ति पुर्ण रिले अनसनको क्रममा अपरिचित समुहले सांघातिक आक्रमण गरेको छ ।

सुवेदीको नियुक्ति बिरुद्धमा चौथो चरणको आन्दोलन अन्तर्गत तेस्रो दिन नेविसंघ इकाई समिति सभापति सुरज यादव र सचिव आशिष देबकोटामाथि आक्रमण भएको हो ।

अज्ञात समुहको आक्रमणबाट सभापति गम्भीर घाइते भएका यादवको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ भने देवकोटाको पनि टाउकोमा चोट लागेको छ ।

सचिव देवकोटाले भने,‘अपरिचित समूहले साङ्घठनिक रुपले आतङ्ककारी शैलीमा ज्यान लिन खोजि हामीमाथि आक्रमण गरियो । घटनाको निन्दा गर्दछौ । घटनाको सत्यतथ्य छानबिन गरी तुरुन्त दोषीलाई कडा भन्दा कडा कारबाही गर्नुपर्छ ।’

 



प्रतिक्रिया दिनुहोस्