Logo

झलनाथ खनालको दाबी : केपी ओलीको राजनीतिक इतिहास सिद्दिएको देख्दैछु (भिडिओसहित)



काठमाडौं, २२ साउन । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले अहिले देशको राजनीतिक अवस्था नै विशिष्ट रहेको भन्दै कुनै एक दल सग्लो रुपमा एक्लै हिँड्नसक्ने अवस्था नभएको बताएका छन् । उनले पाँच दलीय गठबन्धनभित्र पनि कांग्रेसबाहेकको छुट्टै मोर्चा रहने बताएका छन् ।

आज राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले आफूहरुले निर्माण गर्ने नयाँ मोर्चा मुलुकको राजनीतिमा तेस्रो शक्तिको रुपमा उदय हुने जिकिर गरे । उनले सकेसम्म आफूहरुले विचार मिल्ने दलहरुसँग मिलेर जान खोजेको सुनाए ।

यद्धपी उनले आफूहरु अहिले नै टुँगोमा नपुगेको स्विकारे । उनले ०७४ को निर्वाचनलाई आधार मानेर नै अब गठबन्धनभित्र सिटको तालमेल हुनसक्ने बताए । नेता खनालले आफूले अहिले देशको समग्र अवस्था हेर्दा एमाले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक इतिहास सिद्दिएको देखेको टिप्पणी गरे ।

उनले भने-“आउने निर्वाचनपछि सम्भवत: उहाँको राजनीतिक गतिविधि शून्य हुन्छ । तर, अब नेकपा एमालेका अन्य नेता र कार्यकर्ताहरुले नयाँ ढंगले सोच्न जरुरी छ । कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध गर्नुपर्ने छ । यसको लागि सही राजनीतिक वैचारिक कार्यदिशा अघि सार्नुपर्छ ।”



प्रतिक्रिया दिनुहोस्