Logo

‘भेलु बाजे डान्स’लिएर आए प्रिती र राजेश



काठमाडौं,२३ साउन । लोकप्रिय गायिका प्रिती आले र गायक राजेश बर्देवाको नयाँ तीज गीत ‘भेलु बाजे डान्स’को म्यूजिक भिडियो सार्बजनिक भएको छ। भिडियोमा प्रतिभा शर्माको शब्द, प्रिय कुमारको संगीत र केशब बाबुको एरेन्ज रहेको छ।

दजनौं चर्चित गीतहरुमा स्वर दिएर चर्चामा रहेकी गायिका प्रिती आले र लोकप्रिय गायक राजेश बर्देवाको सहकार्यमा तयार भएको सार्बजनिक म्यूजिक भिडियोलाइ गायिका प्रिती आलेले नै निर्देशन गरेकी छन् ।

त्यस्तै, दुर्गा पौडेलले छायांकन गरेको भिडियोलाइ नबिन घर्ति मगरले सम्पादन गरेका हुन्। भिडियोमा प्रिती आले र राजेश बर्देवा लगायत अन्य कलाकारहरुलाई फिचर्ड गरिएको छ।



प्रतिक्रिया दिनुहोस्