Logo

ब्राजिलका विश्व च्याम्पियन खेलाडीमाथि प्रहरीले चलायो गोली



काठमाडौं, २३ साउन । ब्राजिलका एक खेलाडीमाथि प्रहरीले गोली चलाएको छ । मार्सल आर्टका विश्व च्याम्पियन लियन्द्रो लोमाथि एक नाइटक्लबमा गोली हानिएको समाचार एजेन्सीले जनाएको छ ।

साउपाउलोको एक नाइट क्लबमा प्रहरीले गोली चलाउँदा ३३ वर्षीय लियन्द्रोको ब्रेन डेथ भएको चिकित्सकहरुले बताएका छन् । उनको एक अस्पतालमा उपचार भईरहेको छ ।

उनी जियु–जित्सु एथलिस्ट च्याम्पियनसिपको हालसम्मकै उत्कृष्ट खेलाडीको रुपमा चिनिन्छन् । उनको हत्या कोसिस गरिएको भन्दै प्रहरीले अनुसन्धान थालेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्