Logo

शाहरुख खानसँग फ्यानले गरे दुर्व्यवहार, छोरा आर्यनले दिए सुरक्षा



एजेन्सी, २३ साउन । बलिउड अभिनेता शाहरुख खान आफ्ना दुई छोरा आर्यन खान र अबरामसँग मुम्बई एयरपोर्टमा देखिएका थिए । एयरपोर्टमा उनका एक फ्यानले किङ खानसँग सेल्फी लिनको लागि दुर्व्यवहार गरेका हुन् ।

आर्यन उनको रक्षा गर्दै अंगरक्षकको रूपमा अगाडि आए । यसको भिडियो सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ ।
आर्यनले बुबा शाहरुखलाई जो सजगता र अनुग्रहले बचाए, त्यो देखेर फ्यानहरु खुशी भएका छन् । भिडियो हेरिरहेका फ्यानहरूले यसलाई पारिवारिक लक्ष्य पनि भनेका छन् ।

शाहरुख अहिले आफ्नो आगामी फिल्मको सुटिङमा व्यस्त छन् । उनी लण्डनमा राजकुमार हिरानीको फिल्म ‘डिन्की’ को सुटिङ गरिरहेका थिए । यद्यपी उनी आइतबार राति कहाँबाट फर्किए भन्ने आधिकारिक जानकारी भने छैन् । यसबाहेक उनी दीपिका पादुकोण र जोन अब्राहमसँग पठान फिल्मको सुटिङ गरिरहेका छन् ।



प्रतिक्रिया दिनुहोस्