Logo

द फ्लीक मोडलको बिजेता बन्न सफल भए दिपेन्द्र सोनाम



काठमाडौं, २३ साउन । राजधानीमा सम्पन्न भएको द फ्लीक मोडल प्रतियोगितामा दिपेन्द्र सोनाम बिजेता बन्न सफल भएका छन्। उनले अन्य प्रतिस्पर्धीलाई पछि पार्दै बिजेताको ट्रफी उचाल्न सफल भएका हुन् ।

ट्रफीको साथमा उनले नगद लगायत अन्य उपहार समेत जितेका छन्। सिन्धुपाल्चोक स्थायी घर भई काठमाडौंलाई कर्मथलो बनाउदै आएका उनले दर्जनौ म्यूजिक भिडियो र चलचित्रमा समेत अभिनय गरिसकेका छन्।

मोडलिङ क्षेत्रमा प्रसस्त सम्भाबनाहरु रहेका छन् भने क्षमताबान तथा कला भएकाहरुको लागि आफु चर्चित हुने राम्रो मध्यम पनि हो । वास्तवमा कलाकारिता एउटा रहर मात्र होइन, जहाँ गर्न सके नाम र दाम दुवै कमाउन सकिन्छ । त्यसैले पनि मोडलिङ वा कलाकारितालाई धेरैले आफ्नो रुचि र इच्छाको रुपमा लिएको पाइन्छ ।

नृत्य र अभिनयमा पोख्त दिपेन्द्र चक्लेटि अनुहार र मिलेको सुगठित आकर्षक शरीरको धनि पनि छन् भने बहुप्रतीभा भएका बहुआयामिक व्यक्तित्व उनको आकर्षण हो । त्यसैले त सम्भाबना बोकेका ह्यान्डसम मोडल दिपेन्द्र सोनाम यस क्षेत्रमा स्थापित हुन अहिले दिनरात मेहनत गर्दै अगाडी बढेका छन् ।

भबिष्यमा अन्तराष्ट्रिय क्षेत्र हुने मोडलिङ प्रतियोगितामा समेत प्रतिश्प्रधा गर्ने सोच बनाएका मोडल दिपेन्द्र सोनाम युवा ब्यबसायी र गायक समेत हुन्।

 



प्रतिक्रिया दिनुहोस्