Logo

विदेशबाट फर्किएर पशुपालन



काठमाडौँ,२३ साउन । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–१ दोबाका ४६ वर्षीय कुलप्रसाद पुर्जाले १२ वर्ष मलेसियामा पसिना बगाए । त्यसबाट परिवारको घरखर्च बाहेक थप आम्दानी गर्न नसकेपछि गाउँ फर्किएर पशुपालनमा उनी लागे ।

किसानसमेत राजनीतिमार्फत समाज रुपान्तरणको अभियानमा लाग्न सक्छन् भन्ने सन्देश पुर्जाले दिएका छन् । दोवावेशी बाख्रापालन फार्म स्थापना गरेका पुर्जा निवर्तमान वडा सदस्य छन् । अहिले अधिकांश समय बाख्रापालनमै खर्चिन थालेका पुर्जाले समय व्यवस्थापन गरेर पार्टी सङ्गठनको कामलाई अघि बढाउने गरेको बताए । दुई वटा पैँचो बाख्रा लिएर बाख्रापालन सुरु गरेका उनको फार्ममा अहिले ६० वटाको हाराहारीमा बाख्रा छन् । एक वर्षमा बाख्राको सङ्ख्या सय पु¥याउने पुर्जाको योजना छ ।
वर्षमा एक लाखको खसीबोका बिक्री भएको बताउँदै पुर्जाले फार्मबाट उत्पादन भएका बोका र बाख्राको लागि बजारको अभाव नभएको र माग पु¥याउन नसकेको बताए ।

दोवालाई बाख्रापालनको पकेटक्षेत्र समेत घोषणा गरिएको छ । पुर्जाको हजुरबुबाले परम्परागत रुपमा भेडापालन गर्दै आएका थिए । फार्ममा एक जनालाई नियमित रोजगारीसमेत दिइएको छ । फार्ममा स्थानीय र उन्नत जातका बाख्रा पालन हुने गरेको छ । पुर्जाको फार्ममा तीन वटा भैँसी छन् । उन्ले बेँशी नजिकैको सुनारीमा वार्षिक रु २० हजार भाडा तिर्ने गरी जग्गा भाडामा लिएर बङ्गुर र माछापालनसमेत गर्ने तयारी गरेका छन् । रासस



प्रतिक्रिया दिनुहोस्