Logo

आमासँगै गाउने मञ्जु पौडेलको चाहना पूरा भएन, कार्यक्रममा भावुक बनिन् (भिडिओसहित)



काठमाडौं, २३ साउन । चर्चित गायिका मञ्जु पौडेलले आफुले आमासँगै गीत गाउने रहर पालेको भएपनि त्यो पूरा नभएको दुःखेसो पोखेकी छिन् । प्राइम टिभीबाट गत (शनिबार) प्रसारण भएको ‘धमलाको हमला’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएकी हुन् ।

मञ्जुको आमाको निधन भैसकेको छ । उनले भनिन्,‘आमाले यति छिट्टै हामीलाई छोडेर जानुहुन्छ भनेर हामीले कल्पना पनि गरेका थिएनौं, मैले आमाको सम्झनामा यस वर्षको तीजमा गीत लिएर आएकी छु । यो गीतले समाजको लागि एउटा राम्रो सन्देश पनि जान्छ ।’ उनले आमाबुवा भन्दा ठूलो भगवान नहुने पनि बताईन् ।



प्रतिक्रिया दिनुहोस्