Logo

‘म्याच फिक्सिङ’मा मुछिएका थिए नेपाली राष्ट्रिय क्रिकेट टोलीका नयाँ प्रशिक्षक प्रभाकर



काठमाडौं, २३ साउन । नेपाली राष्ट्रिय क्रिकेट टोलीका नयाँ प्रशिक्षकमा मनोज प्रभाकर नियुक्त भएका छन् । उनी भारतका पूर्व राष्ट्रिय खेलाडी हुन् ।

५९ वर्षका मनोज दिल्ली नजिकै उत्तर प्रदेशमा पर्ने गाजियावादका हुन् । भारतका लागि ३९ टेष्ट र १३० एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेलेका छन् ।

अन्तर्राष्ट्रिय क्रिकेटमा ९६ विकेट लिएका छन भने एक दिवसीय अन्तर्राष्ट्रिय खेलमा १५७ विकेट लिएका छन् । उनी बलिङका कारण स्मरणीय छन् ।

प्रशिक्षकका रुपमा दिल्ली, राजस्थानको प्रशिक्षक भएका थिए । अफगानिस्तानको क्रिकेट टोलीको बलिङ प्रशिक्षक पनि भए ।

प्रभाकर म्याच फिक्सिङमा विवादमा ल्याइएका थिए । केही समय प्रतिबन्ध लाग्यो । यसबारे चलचित्र नै बनेको छ ।

सन् १९९६ मा कँग्रेस आइबाट चुनाव पनि लडेका थिए । उनकी पत्नी फरहिन कलाकार हुन् ।



प्रतिक्रिया दिनुहोस्