Logo

सिटौला यसकारण देउवा र प्रचण्ड दुवैको रोजाईमा



काठमाडौं, २३ साउन । नेपाली काँग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलामा समन्वयकारी भूमिका निभाउन सक्ने खूबी छ । उनले शान्ति प्रक्रियाका लागि तत्कालीन माओवादीसँग वार्तामा विशेष भूमिका निभाएका थिए । यसकारण पनि उनको प्रचण्डसँग विशेष सम्बन्ध छ ।

यसपाली सत्ता गठबन्धनबीच चुनावमा सिट बाँडफाँटका लागि मोडालिटी बनाउन सिटौलालाई नै महत्वपूर्ण जिम्मेवारी दिइएको छ । उनी मोडालिटी बनाउने कार्यदलको संयोजक चयन भएका छन् ।

कार्यदलमा काँग्रेसबाट सिटौलासहित ज्ञानेन्द्रबहादुर कार्की र गगन थापा छन् । माओवादीबाट वर्षमान पुन र देव गुरुङ, नेकपा एसबाट प्रवेश हमाल र वेदुराम भुसाल, जसपाबाट रामसहाय यादव र रकम चेम्जोङ, जनमोर्चाबाट हिमलाल पुरी र आनन्द शर्मा छन् ।

सिटौला संयोजक रहेको कमिटिीले दलहरुबीच सिट बाँडफाँडको मोडालिटी बनाएर गठबन्धनमध्येबाट हाल बहालवाला सांसद रहेको क्षेत्र, नरहेको क्षेत्र, स्थानीय चुनावको मतपरिणामलाई समेत आधार मानेर सुझाव बनाउने बुझिएको छ ।

लामो समययता खासै भूमिकामा नदेखिएका सिटौलाको महत्वपूर्ण जिम्मेवारीमा भएको प्रवेशलाई अर्थपूर्ण मानिएको छ । सिटौलालाई कार्यदलको संयोजक बनाउन प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी अध्यक्ष प्रचण्ड र नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल पनि सहमत भए । उनमा समन्वयकारी भूमिकाको क्षमता रहेकाले पनि सहमति बनेको बुझिएको छ ।



प्रतिक्रिया दिनुहोस्