काठमाडौं, साउन २४ । नयाँ खरिद अनुसार इन्धन कारोबारमा नेपाल आयल निगमलाई आगामी १५ दिनमा ६३ करोड ६५ लाख घाटा हुने प्रक्षेपण छ। यसअघिको मूल्यमा निगमलाई पेट्रोलमा प्रतिलिटर १४ रूपैयाँ र डिजेलमा २२ रूपैयाँ, ग्यासमा ५ सय ८२ रूपैयाँ प्रतिसिलिन्डर घाटा रहेको निगमको दाबी छ।
निगमको सञ्चित नोक्सानी करिब ३१ अर्ब रूपैयाँ पुगे पनि मूल्य घटाउन दबाब परेको छ। पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य घटेसँगै सांसदहरूले इन्धनको मूल्य घटाउन आग्रह गरेका छन्। निगमले इन्डियन आयल कर्पोरेसन (आईओसी)लाई भुक्तानी गर्नुपर्ने २३ अर्ब रूपैयाँ रहेको छ।




प्रतिक्रिया