Logo

छोरीको बचाउँ गर्दा बावुले आमालाई बञ्चरोले हानेपछि…



एजेन्सी, २४ साउन । भारतमा छोरीले गम्छाले मुख पुछ्नु आमाका लागि घातक साबित भएको छ । छोरीले गम्छाले मुख पुछेपछि छोरीलाई बाबुले लात हान्न थाले । छोरीलाई कुटेपछि आमाले विरोध जनाइन् र बचाउमा लागिन् । छोरीलाई कुटन् नदिएपछि आक्रोसित बावुले आफ्नै श्रीमतीको घाँटी बञ्चरोले रेटेको भारतीय समाचार एजेन्सी दैनिक भाष्करले जनाएको छ ।

आइतबार दिउँसो २ः३० बजे तिवारीखेडा पनागरमा हत्याको सनसनीपूर्ण घटना भएको हो । शव पोष्टमार्टमका लागि पठाउने क्रममा प्रहरीले आरोपित श्रीमानलाई पक्राउ गरेको हो । घटनास्थलबाट रगतले लतपतिएको बन्चरो बरामद भएको छ ।

एजेन्सीको अनुसार तिवारीखेडा निवासी ४५ वर्षीय नन्दु उर्फ नन्दकिशोर केवट सोमबार दिउँसो कतैबाट घर पुगेका थिए । घरमा उनकी छोरी १६ वर्षकी अञ्जली र ४२ वर्षकी श्रीमती कौशल्या केवट थिइन् । तर छोरा रोहित केवट घरमा थिएनन् । नन्दु घर पुग्दा अञ्जली भाँडोले मुख पुछिरहेकी थिइन् । नन्दुलाई रिस उठ्यो र कुटपिट गर्न थाले । उनले अञ्जलीलाई लात हानेपछि नजिकै काम गरिरहेकी कौशल्याले आपत्ति जनाइन् ।

श्रीमती कौशल्याले छोरीको कुटपिटको विरोध गरेपछि नन्दु आक्रोशित भएका थिए । उनले नजिकै राखेको बञ्चरोले उनको टाउकोमा प्रहार गरेका थिए । बन्चरोको प्रहारबाट टाउको फुटेर कौशल्या भुइँमा लडेकी हुन् । त्यसपछि पनि नन्दु रोकिएन र घाँटीमा बञ्चरोको अर्को प्रहार गरे । टाउकोमा र घाँटीमा चोट लागेकी कौशल्याको घटनास्थलमै मृत्यु भएको हो ।

कौशल्याले पहिलो श्रीमानलाई छाडेर नन्दुसँग विवाह गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । रोहित उनको पहिलो श्रीमानका छोरा हुन्। नन्दुसँग विवाह गरेपछि कौशलाले अञ्जलीलाई जन्म दिइन् । नन्दुलाई रक्सीको लत थियो । मादक पदार्थ सेवन गरी श्रीमती र छोराछोरीलाई बारम्बार कुटपिट गर्थे । उनले कौशलाको चरित्रमाथि पनि शंका गर्दै आएका थिए ।



प्रतिक्रिया दिनुहोस्