Logo

१६५ सिटमा कांग्रेसको अहिलेको बटमलाईन १०० सिट हो : अजयबाबु शिवाकोटी (भिडिओसहित)



काठमाडौं, २४ साउन । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले पाँच दलीय गठबन्धन चुनावसम्मै कायम हुन आवश्यक रहेको बताएका छन् । यद्धपी उनले कांग्रेस एक्लै चुनावमा जान पनि सक्षम रहेको र नडराएको स्पष्ट पारेका छन् । हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

उनले भने,‘हामी हिजो पनि एक्लै चुनावमा गएकै हो नि । स्वयम माओवादी र एमाले मिलेर ०७४ मा चुनाव लड्दा पनि हामी गएकै हो नि । अहिलेको पाँच दलीय गठबन्धनको कुरा गर्दा, यसको गठनको जग नै हामीले पहिले हेर्नुपर्ने हुन्छ । जुन विश्वासमा यो गठबन्धन बनेको छ, त्यसैले अहिले छोडेर जाने कुरा गर्नुहुन्न ।’

उनले सिटको भागबण्डा पनि अहिले गठन भएको कार्यदलले टुँगो लगाउने विश्वास दिलाए । उनले आगामी निर्वाचनको लागि १६५ प्रत्यक्षतर्फको सिटमा कांग्रेसले अहिले १०० सिटमा दाबी गरेको पनि सुनाए । तर, सिट बाँडफाँडमा भने तलमाथि हुनसक्ने र शीर्ष नेताहरुले सहमतिमै यसलाई टुँगो लगाउने उनको भनाई थियो ।



प्रतिक्रिया दिनुहोस्