Logo

मोटरसाइकलमा आगजनी



काठमाडौँ,२४ साउन । धनगढी उपमहानगरपालिका–६ जालीगाउँका जगतराम चौधरीको घरमा राखिएको मोटरसाइकलमा गए राति आज्ञात व्यक्तिले आगजनी गरेका छन् ।

घरको बरण्डामा राखिएको से४प६८९४ नंको उक्त मोटरसाइकल आगजनीबाट जलेर पूर्णरूपमा क्षति पुगेको छ । घरका सबै सदस्य सुतिसकेको अवस्थामा भएको सो घटनाका बारेमा अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता बेदप्रकाश जोशीले बताए।

यसैबीच धनगढी उपमहानगरपालिका–२ को ट्राफिकचोक नजिक शङ्कास्पदरूपमा हिँडिरहेको भनिएका बझाङ दुर्गाथली गाउँपालिका–४ का गणेशप्रसाद जोशीलाई एक किलो पाँच सय ग्राम लागुऔषध चरेससहित सोमबार साँझ पक्राउ गरिएको छ । सादा पोशाकमा रहेको प्रहरी टोलीले जोशीलाई चरेससहित नियन्त्रणमा लिएको जनाइएको छ । रासस



प्रतिक्रिया दिनुहोस्