Logo

सिंहदरबारमा नासुहरुको आन्दोलन (फोटोफिचर)



काठमाडौं, २४ साउन । सिंहदरबारमा नायब सुब्बाहरुले आन्दोलन सुरु गरेका छन् । असमान ढङ्गले कर्मचारीको तलब बढाएको भन्दै उनीहरुले आज (मंगलबार) सिंहदरबार परिसरभित्र प्रदर्शन गरेका हुन् ।

हिजो उनीहरुले अर्थ मन्त्रालयमा धर्ना दिएका थिए । आइतबार सार्वजनिक भएको तलबमानमा बजेटको घोषणाविपरीत तलब बढाइएको भन्दै नायब सुब्बा र त्यसभन्दा तल्लो तहका कर्मचारीहरू आन्दोलनमा उत्रिएका हुन् । तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्