Logo

काठमाडौंका मेयर बालेन शाहलाई पहिलो गाँसमै ढुंगा, टहरा हटाउन समय दिए (फोटोफिचर)



काठमाडौं, २४ साउन । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहलाई नर्भिक अस्पतालले बनाएको अनधिकृत संरचना हटाउन दिएको २४ घण्टे अल्टिमेटममा पहिलो गाँसमै ढुंगा लागेको छ । महानगरले नर्भिकलाई अनधिकृत रुपमा बनाईएको संरचना हटाउनको लागि आज दिउँसो २ बजेसम्मको समय दिएको थियो ।

तर, नर्भिकले भने आज विहानै पत्रकार सम्मेलन गरेर ती संरचना भत्काउन नसकिने बताएको थियो । र, सोही व्यहोराको जवाफ महानगरलाई पठाएको थियो । महानगरका मेयर साह आजपनि नर्भिक पुगेका थिए ।

महानगर र अस्पतालबीच संरचना भत्काउने विषयमा समझदारी भएको छ । दुवै पक्षका इन्जिनियर राखेर त्यहाँ रहेका अक्सिजन प्लान्ट हटाउन लाग्ने समय निर्क्यौल गर्ने र महानगरले त्यति समय प्रदान गर्ने समझदारी भएको हो । तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्