Logo

बाबुराम र महेन्द्र यादवलाई गठबन्धनमा सिट सुरक्षित गर्न सकस



काठमाडौं, २४ साउन । जसपा छाडेर नयाँ दल खोलेका पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई र पूर्वमन्त्री महेन्द्र राय यादवले प्रधानमन्त्री शेरबहादुर देउवालाई बालुवाटारमा भेटे । उनीहरु आ आफ्नो चुनावी क्षेत्र सुरक्षित गर्न पुगेका थिए ।

देउवासँगको भेटमा दुवै नेताले आफूहरुलाई गठबन्धनकै एउटा घटकका रुपमा लिनुपर्ने जिकिर गरे । चुनावी तालमेलमा आफूहले पनि निश्चित सिट पाउनुपर्ने माग गरेको बुझिएको छ ।

आफूहरुले जितेको चुनावी क्षेत्रमा सिट पाउनुपर्ने दुवै नेताको माग थियो । त्यसबाहेक केही थप सिट पनि पाउनुपर्ने विषय उठाए । जवाफमा देउवाले तालमेलमा बाबुराम र महेन्द्र राय यादवलाई पनि समेट्ने आश्वासन दिए ।

देउवालाई प्रधानमन्त्री बनाउन बाबुराम र महेन्द्र राय यादवको मतले पनि भूमिका खेलेको थियो । यही विषय दुवै नेताले जोड दिएर उठाए ।

आश्वासन पाएपनि बाबुराम र महेन्द्र राय यादवलाई सिट सुरक्षित गर्न सकस परेको छ । विशेषगरी गोरखाबाट चुनाव लडेका बाबुरामलाई बढी सकस देखिएको छ । उनी चुनाव लडेको क्षेत्रमा नारायणकाजी श्रेष्ठको पनि दाबी देखिएको छ । अर्कोतर्फ, चुनावी तालमेलमा नपरे बाबुरामलाई चुनाव जित्न निकै कठिन हुनसक्छ ।



प्रतिक्रिया दिनुहोस्