Logo

महेन्द्रनगरमा भायानेट, यस्ता छन् सुविधा



महेन्द्रनगर, २४ साउन । इन्टरनेट र टेलिभिजन सेवामा देशव्यापी सञ्जाल बढाइरहेको भायानेटले कञ्चनपुरमा शाखा विस्तार गरेको छ । उसले महेन्द्रनगरमा शाखा विस्तार गरी गल्ली नं ३ बाट सेवा सञ्चलन सुरु गरेको हो ।

भायानेटले विभिन्न प्याकेजसहित सेवा बढाएको हो जसमध्ये १७५ भन्दा बढी च्यानल भएको भयाटिभीको सेवा पनि छ । सेवा विस्तार भएको अवसरमा भायानेटले ४ महिनासम्मको फ्री ओपनिङ अफर समेत उपलब्ध गराएको छ । अल्ट्र फाई प्याकेजमा ग्राहकले इन्टरनेट, वाई फाई डिभाइस र भायाटिभीको प्राइमरी सेटअप बक्स इन्स्टलेसन पनि निःशुल्क पाउने व्यवस्था गरिएको जनाइएको छ ।



प्रतिक्रिया दिनुहोस्