Logo

अमेरिकन आइडल स्टार आर्थर गन् नेपाल आउँदै



काठमाडौं, साउन २५। गत २०२० मा भएको अमेरिकी गायन रियालिटी शो ‘अमेरिकन आइडल’ का उपविजेता रहेका आर्थर गन् भनी चिनिने गीतकार, संगीतकार तथा गायक दिवेश पोखरेललाई डेनिस बियर ब्रान्ड टुबोर्गको पहलमा यही महिना नेपाल ल्याइने भएको छ। आर्थरले काठमाडौं, पोखरा, चितवन, बुटवल, धरानलगायत नेपालका विभिन्न सहरमा प्रत्यक्ष सांगीतिक प्रस्तुति दिनेछन्।

सन् २०२० मा अमेरिकी गायन रियालिटी शो ‘अमेरिकन आइडल अठारौं सिजन’ को एक हिस्सा बनेपछि आर्थर गन्को लोकप्रियता निकै बढेको थियो। प्रायः दर्शकले उनलाई उनको अमेरिकन आइडल अडिसनबाट चिन्न सक्छन् । जहाँ उनले बब डिलनको गर्ल फ्रम द नर्थ कन्ट्री र क्रिडेन्स् क्लियर वाटर रिभाइभल्को ह्याब् यु एभर सिन द रेन नामक गीत गाएका थिए। उनको प्रस्तुतिलाई सबै निर्णायकद्वारा धेरै प्रशंसा गरिएको थियो भने विश्व प्रसिद्ध गायिका केटी पेरीले उनलाई ‘हि इज द बेस्ट’ भनी प्रशंसा पनि गरेकी थिइन्।

उनको भिन्न र अद्वितीय स्वरलाई धेरै लोकप्रिय अन्तर्राष्ट्रिय गायक र कलाकारहरूले समस्त कार्यक्रमभर प्रशंसा गरे। हालसम्म उनले आठवटा गीत रहेको आफ्नो पहिलो एल्बम ग्रहण २०१८ को सुरुवातमा रिलिज गरे र अर्को एल्बम खोज, २०१९ मा म, खोज र कर्णालीलगायतका गीतसहित जारी गरेका छन्।

विश्वभरका दर्शकबाट अपार माया र समर्थन पाएपछि आर्थरले सबैको मायाको प्रतिफल दिन मातृभूमि नेपाल फर्कने योजना बनाएका छन्। टुबोर्गले ब्रेन सर्भिसिङ र एम।एन्। इभेन्ट्ससँगको सहकार्यमा उनलाई नेपाल ल्याउन सफल भएको छस जहाँ आर्थरले नेपालका विभिन्न सहरमा प्रत्यक्ष प्रस्तुति दिनेछन्।



प्रतिक्रिया दिनुहोस्