Logo

आफ्ना माग नसुनेको भन्दै पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पसका विद्यार्थीले गरे कर्मचारीहरुको कान सफा



काठमाडौं, साउन २५ । पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पसका विद्यार्थीहरुले क्याम्पस प्रशासनका कर्मचारीहरुको कान सफा गरिदिएका छन् ।

आफुहरुले लामो समयदेखि उठाउदै आएका मागहरु प्रशासनले नसुनेको भन्दै अखिल (क्रान्तिकारी) पुर्वाञ्चल क्यामपस इकाई कमिटीका विद्यार्थीहरुले कर्मचारीहरुको कान सफा गरिदिएका हुन् ।

धरान स्थित पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पसको भवनको छतबाट पानी चुहिने गरेको बारे क्याम्पस प्रशासनलाई पटकपटक जानकारी दिइएको भएपनि प्रशासन कानमा तेल हालेर बसेको विद्यार्थीहरुको आरोप छ ।

आज बिहान कर्मचारीहरु कार्यालयमा छिर्दा कार्यालयको मुल ढोकामा बसेका विद्यार्थीहरुले कपासले कर्मचारीहरुको कान सफा गरिदिएका थिए ।

होस्टलमा ‘फस्टऐड बक्स’ उपलब्ध गराइदिन धेरै अगाडि भनेको तर, अझै पनि उपलब्ध नभएको र एकजनालाई सोही बारे तालिम दिन भनेको कुरा पनि पूरा नभएको विद्यार्थीहरुको गुनासो छ । यस्तै, खाजा खाने समय २ देखि ३ बजे सम्म भएपनी प्रशासन साढे ३ बजे सम्म बन्द रहने गरेको विद्यार्थीहरुको गुनासो छ ।



प्रतिक्रिया दिनुहोस्