Logo

गगन थापाको उद्घोष : मंसिर ४ को निर्वाचनमा म भावी प्रधानमन्त्रीकै रुपमा प्रस्तुत हुन्छु (भिडिओसहित)



काठमाडौं, २५ साउन । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले आफू आगामी मंसिर ४ गते हुने निर्वाचनमा भावी प्रधानमन्त्रीको रुपमा नै प्रस्तुत हुने बताएका छन् । उनले भने,‘डेफिनेट्ली, म भावी प्रधानमन्त्रीकै रुपमा जनताको बीचमा प्रस्तुत हुन्छु ।’ उनले निर्वाचनपछि नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्री बनाउने भनेर कांग्रेस र माओवादीबीच कुनै सहमति नभएको पनि स्पष्ट पारेका छन् ।

हिजो राति प्राइम टिभीबाट प्रसारण भएको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले भने,‘माओवादी केन्द्रका अध्यक्षले आफ्नो कुरा गर्ने यो उहाँको कुरा भयो, नेपाली कांग्रेसको तर्फबाट हामीले मान्ने कुरा के हो भने हामीले बैठकबाट गर्ने निर्णय नै हो । यो निर्वाचनपछि हामीले अनुमान गरेजस्तो वा हामीले बहुमत प्राप्त गर्यौं भने त्यो बेला गठबन्धनमा भएका दलहरुबीच कसरी सरकार चलाउने भनेर हामी अहिले प्रवेश गरेका छैनौं । कांग्रेसभित्र थुप्रै योग्य नेताहरु हुनुहुन्छ । मलाई खुशी लाग्छ, मैले १३औं महाधिवेशनमा पनि सेकेण्ड जेनेरेशनबाट सभापति लड्नुहोस भनेको थिएँ ।”



प्रतिक्रिया दिनुहोस्