Logo

यूरोपमा ठूलो आर्थिक संकटको खतरा, जर्मनीले अरबौं डलर गुमाउने प्रक्षेपण



एजेन्सी, २५ साउन । यूरोपमा ठूलो आर्थिक संकटको खतरा देखिन थालेका छन् । रुस युक्रेन युद्धले ऊर्जा संकट र मूल्यवृद्धिले यूरोपमा ठूलो आर्थिक संकटको खतरा देखिन थालेको हो ।

यूरोपको सबैभन्दा दीगो र सशक्त अर्थतन्त्र मानिएको जर्मनीमा असर देखिएको छ । जर्मनीले सन् २०३० भित्र २ खर्ब ६५ अर्ब डलर गुमाउने प्रक्षेपण गरिएको छ । रोएटर्सले इन्स्टिच्युट फर इम्प्लोयमेन्ट रिसर्चको तथ्यांक सार्वजनिक गर्दै युक्रेन युद्धले ऊर्जाको मूल्य बढेकाले जर्मनीमा उक्त असर पर्ने उल्लेख गरेको हो ।

सन् २०२३ मा जर्मनीको कुल ग्राहस्थ उत्पादन १.७ प्रतिशतले घट्ने, २ लाख ४० हजार रोजगारी घट्ने उल्लेख छ । सन् २०२६ मा अहिलेको संकट घटेमा मात्र रोजगारी पुरानै अवस्थामा फर्कने भनिएको छ ।

जर्मनीमा पर्यटन गतिविधि कोभिड १९ ले घट्दा उपभोक्ताको क्रयशक्ति घटेको छ ।



प्रतिक्रिया दिनुहोस्