Logo

चुनाव नजिकिदै गर्दा किन नेपाल आए कालिबाबा



काठमाडौं, २५ साउन । नेपाललाई हिन्दूराष्ट्र बनाउनुपर्ने र राजसंस्था पुनःस्थापना गर्नुपर्ने आवाज उठाउँदै आएका हिन्दू धर्मगुरू कालिबाबा स्वदेश आएका छन् । उनी लामो समययता भारत बस्दै आएकोमा आज स्वदेश आएका हुन् ।

कालिबाबालाई विमानस्थलमै स्वागत गर्न समर्थकहरु पुगेका थिए । कालिबाबाको साथमा केही भारतीय नेताहरु पनि आएको बुझिएको छ ।

चुनाव नजिकिदै गर्दा कालिबाबाको नेपाल आगमनलाई अर्थपूर्ण मानिएको छ । कृष्णानन्द महाराजको नामले चिनिने कालिबाबा नेपाल बस्दा महत्वपूर्ण भेटघाट र धार्मिक कार्यक्रममा सहभागी हुने बताइएको छ ।

तस्बिरः मुकुन्द कालिकोटे/रिपोर्टर्स नेपाल



प्रतिक्रिया दिनुहोस्