Logo

तोलामा ५ सय रुपैयाँले घट्यो सुनको मूल्य



काठमाडौं, साउन २६ । आज नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला ९७ हजार १ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज तोलामा ५ सयले घटेर ९६ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै तेजाबी सुन प्रतितोला ९६ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, चाँदीको मूल्य पनि बिहीबार ५ रुपियाँले घटेर १ हजार २ सय २५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्