Logo

चुनावका लागि १ लाख बढी म्यादी प्रहरी भर्ना गरिदै



काठमाडौं, २६ साउन । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनको सुरक्षाको लागि १ लाख बढी म्यादी प्रहरी भर्ना गरिने योजना रहेको छ । गत स्थानीय तहको चुनावमा १ लाख म्यादी प्रहरी भर्ना गरिएको थियो ।

प्रहरी प्रधान कार्यालयले १ लाख ३० हजार म्यादी प्रहरी भर्ना गर्नुपर्ने प्रस्ताव तयार पारेको विशेष स्रोतले जनाएको छ । स्थानीय तहको चुनावमा भन्दा आगामी चुनावमा मतदान केन्द्र र मतदान स्थल पनि बढी हुने भन्दै उक्त संख्यामा म्यादी प्रहरीको दरखास्त आह्वान गर्न लागेको जनाइएको छ ।

स्थानीय तहमा भर्ना भएका म्यादी प्रहरीलाई प्रमाणपत्रको आधारमा सोझै भर्ना लिने भएको छ ।



प्रतिक्रिया दिनुहोस्