Logo

एन्फा कार्यसमितिको बैठक सुरु, कस्ता छन् एजेण्डा



काठमाडौं, २६ साउन । अखिल नेपाल फुटबल संघ (एन्फा) कार्यसमितिको बैठक भर्खरै सुरु भएको छ । पटक–पटक स्थगित भएको एन्फाको बैठक सातदोबाटोस्थित एन्फा मुख्यालयमा सुरु भएको हो ।

आजको बैठकमा प्रवक्तासहित तीन सहमहासचिव, मानार्थ अध्यक्षको नियुक्ति, महिला साफ आयोजना तथा टिमको तयारी, यु २० र यु १७ टिम सहभागिताको विषयमा छलफल गरिने जनाइएको छ । यसअघि दुई पटक बैठक स्थगित गरिएको थियो ।



प्रतिक्रिया दिनुहोस्