Logo

रविन्द्र मिश्र भन्छन्–कच्चा कामको परिणाम देखिन थाले



काठमाडौं, २६ साउन । विवेकशील साझा पार्टीका पुर्वअध्यक्ष रविन्द्र मिश्रले चुनावमा इमानदारी, क्षमता र परिपक्कतालाई उच्च स्थान दिनुपर्ने टिप्पणी गरेका छन् । सामाजिक सञ्जालमार्फत मिश्रले स्वतन्त्र उम्मेदवारहरुलाई लक्षित गर्दै कच्चा कामको परिणाम देखिन थालेको बताएका हुन् ।

उनले लेखेका छन्,‘मैले स्थानीय निर्वाचनको अगाडि नेतृत्व चयन गर्दा तीनवटा कुरा विचार गर्नै पर्छ भनेर बारम्बार भने, इमानदारी, क्षमता र परिपक्वता ।’ तर, त्यसको बारेमा कसैले चासो नदिएको टिप्पणी गर्दै मिश्रले लेखेका छन्,‘इमानदारी र क्षमताको परिक्षण हुँदै जाला, ’परिपक्वता’ भएन भने कस्ता ’कच्चा’ काम हुन्छन्, परिणाम देखिन थालेको छ।’

कहिले विचारको बन्धनमा बाँधिएर, कहिले बहकिएर नेतृत्व चयन गर्दा, देशमाथि धेरै घात गरिसकेको उनको भनाइ छ ।

आगामी संघीय निर्वाचनमा इमानदारी, क्षमता र परिपक्वतालाई उच्च महत्व दिन र बहकाउमा नलाग्न पनि मतदाताहरुलाई आग्रह गरेका छन् । विचारभन्दा माथि देशलाई राख्न पनि सबैलाई सुझाव दिएका छन् ।



प्रतिक्रिया दिनुहोस्