Logo

प्रचण्ड र बाबुरामबीच मोर्चा बनाएर चुनावमा जानेबारे छलफल



काठमाडौं, २६ साउन । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईबीच भेटवार्ता भएको छ ।

उक्त भेटमा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ पनि सहभागी रहेको स्रोतले जनाएको छ ।

आज बिहान ललितपुरको हात्तिवनमा तीन नेताबीच एक घण्टा भेटवार्ता भएको हो । भेटवार्तामा चुनावी तालमेल र पार्टी एकताबारे छलफल भएको बुझिएको छ । भट्टराईले आफ्नो नेतृत्वमा पार्टी घोषणा गरेपछि शिर्ष नेताहरुसँग छलफल बढाउँदै आएका छन् ।

आज भट्टराईले प्रचण्डलाई मोर्चा बनाउने र एउटै चुनाव चिन्हमा लड्ने प्रस्ताव राखेका छन् । File Photo

 



प्रतिक्रिया दिनुहोस्