Logo

पूर्वमन्त्रीहरु खगराज अधिकारी र महेन्द्र यादवबीच भनाभन, चुनावमा देखाइदिने चुनौती



काठमाडौं, २६ साउन । पूर्वमन्त्रीहरु खगराज अधिकारी र महेन्द्र यादवबीच भनाभन भएको छ । रिपोर्टर्स क्लब नेपालको साक्षात्कारमा नेपाली काँग्रेसका सहमहामन्त्री यादव र नेकपा एमालेका स्थायी कमिटी सदस्य अधिकारीबीच भनाभन भएको हो ।

यादवले एमालेसँग विगतमा एक्लै लडेको स्मरण गराउँदै महागठबन्धन गरेर सून्यमा झारिदिने दाबी गरे । उनले भने,‘अब २० वर्ष एमाले सत्तामा आउने छैन, चुनावमा सुन्य सिटमा झर्नेछ ।’

यादवले यति भनेपछि खगराज अधिकारी उठेर काँग्रेसलाई एक्लै चुनावमा लड्न चुनौती दिए । यादवले पनि विगतमा काँग्रेस एक्लै चुनाव लडेको स्मरण गराए । दुई नेताबीच एक अर्कालाई औंला ठडाएर भनाभन नै भयो । अधिकारीले भने,‘चुनावमा एक्लै काँग्रेस आएमा २ तिहाईभन्दा बढी ठाउँमा हराउन नसके राजनीति नै छाडिदिन्छौं ।’

यादवले माओवादीलाई सन्तुष्ट बनाएर गठबन्धनमा राखिने बताए । कसैले उत्तेजित बनाउँदैमा गठबन्धन नटुट्ने बताए ।

कार्यक्रममा दुई नेताबीच विवाद चर्किएपछि एक अर्कालाई सभ्य हुन समेत भनेका थिए । बोल्दा बोल्दै एक अर्काको भनाई काट्दै बोल्ने क्रम कार्यक्रममा पनि चलिरह्यो ।

 



प्रतिक्रिया दिनुहोस्