Logo

एक्लाएक्लै लडे एमालेले दुई तिहाई सिट जित्छ, नजिते म राजनीतिबाट सन्यास लिन्छु : खगराज अधिकारी (भिडिओ)



काठमाडौं, २७ साउन । नेकपा (एमाले) का नेता तथा पूर्व गृहमन्त्री खगराज अधिकारीले मंसिर ४ गते हुने संघ र प्रदेशको निर्वाचनमा दलहरु एक्लाएक्लै लडे आफ्नो पार्टीले एक्लै दुई तिहाई बहुमत नल्याए राजनीतिबाट सन्यास लिने घोषणा गरेका छन् । आज (बिहीबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले यस्तो घोषणा गरेका हुन् । उनले भने,‘एक्लाएक्लै लडे कांग्रेसले एक सिटपनि जित्दैन् । अब कांग्रेस एक्लै लड्न नसक्ने भयो । कांग्रेस एक्लै लड्न आओस, हामी दुई तिहाई भन्दा बढि सिटमा जित्छौं । यदि हामीले दुई तिहाई भन्दा बढि सिट जितेनौं भने म राजनीति छोडिदिन्छु ।’

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै नेता अधिकारीले अहिलेको पाँच दलीय गठबन्धनलाई वित्तिय गठबन्धनको संज्ञा दिए । उनले भने,‘एमाले माक्र्सवाद–लेनिनवादमा विश्वास गर्छ । अहिलेको गठबन्धन वित्तिय गठबन्धन हो ।’ अधिकारीले कांग्रेसले एसपिपी अर्को ढंगले अघि बढाउन खोजेको गम्भीर आरोप लगाए । उनले पार्टीको अर्थ विभागमा रहेको नाम एम अधिकारी गभर्नर महाप्रसाद अधिकारी नभएको स्पष्ट पारे ।

उनले अहिलेको सरकारको कारण देश जटिल अवस्थामा पुगेको सुनाए । उनले भने,‘पेट्रोलियम पदार्थको मूल्यको कुरा गर्दा, घटाउनुपर्ने बेलामा १५, १५ दिनमा मूल्य समायोजन हुनुपर्नेमा अहिलेसम्म गरेको छैन । यसले प्रत्यक्ष रुपमा जनता महँगीको मारमा परेका छन् । एक्सपोर्ट–ईम्पोर्टमा आधारित हाम्रो अर्थतन्त्रलाई हामीले उत्पादनको वृद्धि गरेर, स्वदेशी पुँजी निर्माण गरेर दलाल पुँजीलाई विस्थापित गर्न खाजेका थियौं । संघीयतालाई गतिलो तवरले कार्यान्वयन गर्नुपर्छ ।’

उनले देशको परराष्ट्र नीतिमा अहिले गम्भीर चूनौति खडा भएको सुनाए । उनले भने,‘एकाविहानै हाम्रो राष्ट्रको अस्तित्वमाथि चूनौति आउने त होईन भनेर अहिले चिन्ता बढेको छ, ताइवान नजिकै त्यस्ता घट्ना जो भैरहेका छन्, त्यसले अन्तर्राष्ट्रिय शक्तिको खेलमैदान नेपाल नहोस भनेर हामी सचेत भएर जानुपर्छ । कहीँ हामी असंलग्न परराष्ट्र नीतिबाट विचलित त छैनौं ? भन्ने पनि प्रश्न उठेको छ ।’ उनले अब सबै विषयमा राष्ट्रिय सहमति कायम गरेर जानुपर्नेमा जोड दिए ।

उनले सार्कलाई रिभाईभ गर्न नसकेको स्मरण गराए । उनले भने,‘हामीले सार्कलाई एक्टिभ गर्न सकेका छैनौं । यत्रो समयसम्म सार्कलाई एक्टिभ गर्न सकिएन ।’ उनले निर्वाचनअघि नै गठबन्धनवालाहरुले चुनावमा पनि गठबन्धन गर्न खोजेकोमा प्रश्न उठाए । उनले थपे–‘अहिले नीतिहीन, सिद्धान्तहीन र गन्तव्यहीन गठबन्धनका साथ जो निर्वाचनमा गईँदैछ । निर्वाचन पहिले नै कोलिसन गठबन्धनको परिकल्पना गरिँदैछ । समाजवादतर्फ कसरी यात्रा तय गर्छौ ? यो वित्तिय गठबन्धन हो । राजश्वको दर फेरबदल गर्न अनधिकृत व्यक्ति गएकै हो । हामीले ठोकुवाका साथ यो कुार भनेका छौं । जसको प्रत्यक्ष प्रभाव फलामको उद्योगमा देखिएको छ । स्यानिटरी प्याडको उद्योगमा पनि देखिएको छ । टायर उद्योगमा देखिएको छ । चाउचाउ उद्योगमा देखिएको छ । हामीले कल डिटेल हेरौं भनेका थियौं ।’

उनले आफूहरुले सरकार छोड्दा अर्थतन्त्र राम्रो अवस्थामा रहेको दाबी गरे । उनले भने,‘अहिले त कोरोनाको भ्याक्सिन हराए । शालिनतापूर्वक सत्तापक्षलाई सचेत गराएका हौं । राष्ट्रिय सार्वभौमिकतालाई सवल बनाउने कुरा मुख्य हो । विकासलाई तिव्र गति दिने र रोजगार दिने कुरा हो । हामी मूलतः आफ्नो खुट्टामा उभिएर जान्छौं । गठबन्धन बन्दैन । तर, हामी चुनावमा सहकार्य र तालमेलको रुपमा अघि बढ्छौं ।’

तपाईंहरुले भावी प्रधानमन्त्रीको रुपमा अध्यक्ष केपी शर्मा ओलीलाई किन अघि सार्नुभएको छ ? भनेर पत्रकार धमलाले सोधेको प्रश्नमा अधिकारीले अहिले देशको आवश्यकत्ता नै केपी ओली भएकोले आफूहरुले भावी प्रधानमन्त्रीको रुपमा उनलाई अघि सार्न खोजेको सुनाए ।

उनले भने,‘उहाँले नेपालालई नयाँ युगमा प्रवेश गराउनुभयो । किनभने लिपुलेक, लिम्पियाधुरा, कालापानी क्षेत्रमा वैदेशिक सैन्य छ, त्यसलाई हटाउनुपर्छ भनेर मैले संकल्प प्रस्ताव तीन पटकसम्म संसद्मा राखें । त्यो संकल्प प्रस्ताव सूचिमा आएपछि पनि हटाईयो । केपी ओलीले के गर्नुभयो भन्ने कुरा छर्लङ छ, त्यस्तो प्रधानमन्त्री अहिलेसम्म पाउनुभयो ? राष्ट्रिय स्वाभिमानको लागि केपी ओली चाहिन्छ । समकालिन विश्वमा, भूराजनीतिको यो अवस्थितिमा दक्षिण र उत्तरतर्फ आफ्नो लविङ र क्याम्पेन गर्नसक्ने, त्यो हैसियत पनि चाहिन्छ । अहिले युवाहरुले प्रधानमन्त्री चलाउँछु भन्ने कुरा त रमाईलो कुरा हुनसक्छ । रोमाञ्चित कुरा हुनसक्छ, तर हामीले त्यो टावरिङ पर्सानिलिटीका साथ लविङ गर्न सक्छ कि सक्दैन्, त्यो हेर्नुपर्छ । अहिले देश संकटमा छ । हामीले उत्तरबाट पाएका सुविधाहरु, त्यो सपना देख्ने केपी ओली । स्ट्रिम त चलिसके । विकासको नयाँ युग सुरु गरेकोले एकपटक नेतृत्व दिनुपर्छ । देशभक्तिको भावनाले उहाँ ओतपोत हुनुहुन्छ । विकास र नयाँ युगको नेतृत्व केपी ओलीले गर्नुभयो ।’

राष्ट्रपति विद्यादेवी भण्डारीले समयभित्रै नागरिकता विद्येयकको बारेमा आफ्नो निर्णय लिने विश्वास व्यक्त गरे । प्रचण्डले तत्काल राष्ट्रपतिले विद्येयक प्रमाणिकरण गर्नुपर्छ भनेको विषयमा उनले प्रश्न गर्दै भने–‘प्रचण्ड को हो ? प्रधानमन्त्री हो र ? प्रचण्डको आदेश तामेल गनुपर्ने राष्ट्रपति उहाँको कार्यकर्ता होईन होला नि । प्रचण्ड त मजस्तै सांसद हो । सत्तापक्षको घटकको नेता न हो । सांसद न हो । उहाँ र म मा के फरक छ ? राष्ट्रपतिले समयभित्र आफ्नो निर्णय लिनुहुन्छ ।’ उनले कतिपय विद्येयकहरु पूनविर्चार भएका पनि स्मरण गराए । तर, आफूले वैवाहिक अंगीकृतहरुले ७ वर्ष पछिमात्रै नागकिरता पाउनुपर्छ भन्ने अडान राखेको र यसलाई निरन्तर राखिरहने सुनाए ।



प्रतिक्रिया दिनुहोस्